थुलुङ दुधकोशी ७ मा बौद्व धर्म भाषा पठन पाठनको उद्घाटन

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा बौद्व धर्म भाषा पठन पाठनको उद्घाटन गरिएको छ । प्रदेश सांसद उत्तम कुमार बास्नेत र गाउँपालिका अध्यक्ष असिम राईले आज एक औपचारीक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

गाउँपालिकाले शिक्षककोटा उपलब्ध गराएसंगै बोगल ओर्गेन छोलिङ गुम्बामा उक्त कक्षा सञ्चालन गर्ने गुम्बा व्यवस्थापन समितिले जनाएको छ । कार्यक्रमलाई संबोधन गर्दै प्रदेश सासद उत्तम कुमार बस्नेतले हरेक जात जाती र भाषाको संरक्षण र सम्र्बद्धन गर्दै तीन तहको सरकार अगाडी बढेको उद्घोष गर्नुभयो ।

यस्तै गाउँपालिका अध्यक्ष असिम राईले गाउँपालिकाको वडा नम्बर ९ लोखिम र वडा नम्बर ७ देउसामा सञ्चालन हुने उक्त कक्षालाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो  । सो अवसरमा बोगलबासीले गाउँपालिका समक्ष असिम राई समक्ष विभिन्न सहयोगका लागि अनुरोध पत्र बुझाएका छन् ।

 

 गुम्बा व्यवस्थापन समितिका अध्यक्ष फुरा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद उत्तम कुमार बस्नेत, गाउँपालिका अध्यक्ष असिम राई, वडा नम्बर ७ का अध्यक्ष रामसंघर्ष किराँती, कार्यपालिका सदस्य गोपाल घिमिरे, तामाङ घेदुङ संघ सोलुखुम्बुका अध्यक्ष धर्मबहादुर तामाङ, निर्माण व्यवसायी संगठन सोलुखुम्बुका कोषाअध्यक्ष दावा तामाङ, सोलु एफ.एम.का स्टेशन म्यानेजर भोजराज कार्की, थुलुङ दुधकोशी शिक्षा शाखा प्रमुख प्रेम बहादुर तामाङ लगायतले कक्षा सञ्चालनको लागि शुभकामना व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार