नेपालमा थप १ हजार ६७४ जना संक्रमित थपिए , आज २ हजार ३२३ जना संक्रमणमुक्त

काठमाडौं  : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७४ कोरोना संक्रमित थपिएका छन । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म १६ लाख ५२ हजार ४३ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ७५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये २४ हजार ९ जना सक्रिय संक्रमित छन्। हालसम्म नेपालमा १ लाख ९३ हजार ३२५ जना संक्रमित निको भएका छन । पछिल्लो २४ घण्टामा भने २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा शनिबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ८९९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९ जनालाई कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा ८२ हजार २७३, ललितपुरमा १२ हजार ११३ र भक्तपुरमा ७ हजार ३८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौंमा ३१६, भक्तपुरमा ८४ र ललितपुरमा ९० जना संक्रमितको मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार