काठमाडौँ : नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण थपिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप १ हजार ४४२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।
अहिले देशका विभिन्न आइसोलेसनमा २८ हजार ८ जना संक्रमित उपचाररत छन् । गत २४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।
आज कोरोना भाइरस कोभिड – १९ बाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार २५९ पुगेको छ । बुधबार पीसीआर विधिबाट ६ हजार ७३१ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ९१० जना रहेका छन् ।