दश दिनपछि बस्ने गरी नेकपा सचिवालयको बैठक सम्पन्न

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर १३ गते बस्ने गरी सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठक १० दिनपछि अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको संकट र त्यसको निवारणका लागि यसअघि प्रस्तुत सबै प्रस्ताव र ओलीले ल्याउने प्रस्तावमा समेत आगामी बैठकमा छलफल हुने बताउनुभयो ।

यस्तै यसअघि मंसिर १५ गतेका लागि सारिएको केन्द्रीय कमिटी बैठक पुनः १० दिन पर सारिएको छ । बैठक २५ गते बस्ने निर्णय नेकपा सचिवालयले गरेको हो । केन्द्रिय कमिटी बैठक अघि मंसिर १८ गते स्थायी कमिटी बैठक पनि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका नौ जना सदस्य सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार