काठमाडौँ : दिनप्रतिदिन जाडो बढ्दै गएको छ । सबैभन्दा कम तापक्रम जुम्लामा देखिएको छ । मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार मंगलबार त्यहाँको न्यूनतम तापक्रम माइनस १.६ डिग्री सेल्सियसमा झरेको हो । यसपछि सबैभन्दा कम तापक्रम मुस्ताङको जोमसोममा देखिएको छ । त्यहाँ मंगलबार न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको महाशाखाले जनाएको छ ।
आजको अपडेट पौने ९ बजेपछि मात्र आउँछ । यस्तै मंगलबार काठमाडौँ उपत्यकाको तापक्रम पनि ओरालो लागेको छ । महाशाखाका अनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको हो ।
महाशाखाले बुधबार बिहान ६ बजे २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ स् देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नुका साथै तराईमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिमको पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ ।