थप १ हजार ९४६ जनामा थपिए ,२ हजार ५ सय ३ जना संक्रमणमुक्त

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन्।

योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्। आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय १५ पुगेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ७५३ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४२, ललितपुरमा १०५ र भक्तपुरमा ८८ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ९५ हजार ८५१ पुगेको छ। हालसम्म ७५ हजार ७७३ संक्रमित निको भएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार