बौद्ध परमपरा अनुसार उच्छे छालिङ गोन्पाको रब्ने सम्पन्न

सोलुखुम्बु, उच्छे छालिङ गोन्पाको बौद्ध परमपरा अनुसार प्राण प्रतिष्ठान सम्पन्न भएको छ । खुम्बु पासाङल्हमु गाउँपालिका ३ मान्जोमा अवस्थित उच्चे छोलिङ गोन्पाको क्यब्जे नटुल रिन्पोछेज्युले प्रण प्रतिष्ठान अर्थात आम्सिङ राप्ने गर्नु भएको हो ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने यस गोन्पा २०७२ सालको महाविनाशकारी भुकम्पले भत्किएको थियो । भुकम्प पछि पुन निर्माण कार्य सम्पन्न भई प्राण प्रतिष्ठान राब्ने सम्पन्न भएको गोन्पाका प्रमुख लामा ङवाङ शेर्पाले जानकारी दिनु भयो ।

बुधबार गोन्पामा एक बौद्ध धर्म परम्परा अनुसार एक विशेष पूजा पाठ गरी राब्ने गरिएको हो । विश्वको सवोच्च शिखर सगरमाथाको मुल प्रवेशद्वार मान्जोमा अवस्थित यस गोन्पा निकै पुरानो र विशेष आस्थाको केन्द्र रहेको पनि शेर्पाले बताउनु भयो ।
स्थानिय सरकार, विभिन्न सहयोगी दाता र स्थानियहरुको विशेष सहयोगमा पुनः निर्माण सम्पन्न गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार