खुम्बु पसाङ्ल्हमु वाडसभापति ङिम तेन्जि द्वार माक्स वितरण

नेपालको प्रमुख पर्यटकीय गन्तव्य खुम्बुमा नेपाली काङ्ग्रेस खुम्बु पसाङ ल्हमु गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय संस्था खुम्बिला महिला समुह र हिमालयन सामुदायिक बन को सहजीकरणमा आज खुम्बु पसाङ ल्हमु गाउँ पालिका वाड नम्बर ३ साबिकको चौरिखर्क गाबिसा वाड नम्बर 1 का १२३ घर दुरि लाई प्रति घर ५० वाटको दरले जम्मा ६१५०सर्जिकल माक्स वितरण गर्नु भएको छ।

उक्त माक्स आज खुम्बु पसाङ ल्हमु गाउँपालिका वाड नम्बर ३ का वाड सभापति ङिम तेन्जिङ शेर्पा द्वारा खुम्बियुला महिला समुह र हिमालायन सामुदायिक बन लाई हस्तान्तरण गरेको थियो । र दुबै सस्थाको प्रतिनिधि हरु प्रत्येक घर घरमा पुगि माक्स वितरण भएको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस बाट त्रसित स्थानीय हरु लाई भौगोलिक विकटका कारण स्थानीय ठाउमा माक्र्स किन्ने पसल नभएकोले गर्दा स्थानीय हरु लाई सहज होस भन्ने उदेश्यले नेपाली काङ्ग्रेस खुम्बु पसाङ ल्हमु गाउँपालिकाले माक्र्स वितरण गरेको खुम्बु नेपाली काङ्ग्रेस प्रबक्ता पासाङ शेर्पाले Nepal News Site लाई जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार