नितिशकुमार फेरि बिहारको मुख्यमन्त्री बन्ने

एजेन्सी : भारतको बिहार विधानसभा चुनावमा भाजपासहितको एनडीए गठबन्धनले बहुमत हासिल  गरेको छ । २ सय ४३ विधान सभा सिटमा मुख्यमन्त्री नितिशकुमार नेतृत्वको एनडीएले १ सय २५ सिट हासिल  गरेको हो ।

बिहारमा सरकार बनाउन १ सय २२ सिट आवश्यक पर्छ । तेजस्वी यादव नेतृत्वको महागठबन्धनलाई भने १ सय १० सिट प्राप्त भएको छ । पार्टीगत रुपमा जनता दल युनाइटेड ४३ स्थानमा विजयी भएको छ । महागठबन्धनको नेतृत्व गर्ने राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटका साथ विधान सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ ।

भारतीय जनता पार्टी ७४ सिटका साथ दोस्रो नम्बरमा आएको छ । यसअघि सन् २०१५ मा भएको निर्वाचनमा आरजेडीले ८० र भाजपाले ५३ सिट जितेका थिए । यो चुनाव भाजपाले सिट बढाएको छ भने २०१५ मा २७ सिटमा चुनाव जितेको कांग्रेस १९ सिटमा खुम्चिएको छ । कम्युनिष्ट पार्टीले १६ सिटमा जित हात पारेको छ । जीतसँगै नितिशकुमार फेरि बिहारको मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार