प्रधानमन्त्री ओली नाका निरीक्षण गर्न संखुवासभामा

 

काठमाडौं : प्रधानमन्त्री केपी ओली चीनसँग जोडिएको किमाथांका नाका निरीक्षण गर्न संखुवासभा जानुभएको छ । हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली उत्तरी क्षेत्र किमाथांका नाका जानुभएको हो ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थान समिति सभापति परशुराम मेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमसहितको टोलीसहित किमाथांका नाका निरीक्षण गर्न कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिका-१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट अनुगमन गर्ने कार्यक्रम पनि तय गरिएको छ । यस्तै, राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ पुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको ड्याम साइडसमेत निरीक्षण गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार