गणेशमानको १०६ औं जन्मजयन्ती मनाइँदै

 

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको आज १०६ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ।

राणा शासनको अन्त्यका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका सिंह प्रजातन्त्रको पुनर्वहालीका लागि २०४६ सालमा भएको जनआन्दोलनको सर्वोच्च कमाण्डर हुनुहुन्थ्यो ।

उहाँ २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार गठन तथा २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको कू पछि पनि विपी कोइरालासँगै हुनुहुन्थ्यो ।

विपरित धारमा रहेका कम्युनिष्टहरुसँग कार्यगत एकता गर्दै २०४६ सालको आन्दोलनको नेतृत्व गर्नुभएका गणेशमान सिंहलाई सर्वमान्य नेता र लौहपुरुषका रुपमा पनि चिनिन्छ । १९७२ साल कात्तिक २४ गते काठमाडौको चाक्सिबारीमा जन्मिएका गणेशमान सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार