विश्व शान्ति र महामारी रोगबाट मुक्त होस् भन्ने कामना सहित खुम्बुमा दुक्कार खोर्लो वितरण

सोलुखुम्बु, विश्वमा शान्ति स्थापना होस् र विभिन्न महामारी रोगबाट मुक्त होस् भन्ने कामना सहित तेङबोचे गोन्पाका प्रमुख लामा ङवाङ तेन्जिङ जाङबो रिन्पोक्षेले प्रदान् गर्नु भएको दुक्कार खोर्लाे (दुक्कार चक्र) वितरण गरिएको छ । खुम्बु पासाङल्हमु गाउँपालिका ३ स्थित मन्जो, जोरसल्ले, छुमोवा, ताव र ब्यङ्करका जम्मा १४० घर दुरीलाई उच्छे छोलिङ गोन्पाका प्रमुख लामा ङवाङ शेर्पाको विशेष उपस्थितिमा वितरण गरिएको छ ।
कार्तिक २३ गते आइताबार उक्त दुक्कार खोर्लो वितरण गरिएको हो । बौद्ध परम्परा अनुसार दुक्कार खोर्लो विश्वा शान्तिको कामना सहित विभिन्न महामारी रोगबाट बच्न घर घरमा राख्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार