काठमाडौँ : सत्तारूढ दल नेकपा सचिवालय समितिका बहुमत सदस्य पार्टी कार्यालय धुम्बाराहीमा आज पनि भेला भइरहेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने समय एक घण्टा सारेपछि नेकपाका कार्यकारी अध्यक्षसहितका बहुमत सदस्य धुम्बाराही छलफलमा जुटेको स्रोतले जनाएको छ ।
शुक्रबर प्रचण्डले राखेको अनौपचारिक बैठकले शनिबार सामूहिक भेट गरेर औपचारिक बैठकको आग्रह गर्ने निर्णय गरेको थियो ।सोहीबमोजिम आज बिहान ९ बजे समय दिएका ओलीले एक घण्टा पछि भेट्ने भनेपछि बहुमत सचिवालय सदस्य पार्टी कार्यलय पुगेका हुन् ।
पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको बैठकमा सहभागी हुन वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम धुम्बाराही पुगिसकेको एक नेताले जनाएका छन् । नेताहरू आउने क्रम जारी छ ।