आगामी बर्षको बजेटले महाकुलुङ विमानस्थललाई संबोधन गर्छ : मन्त्री भट्टराई

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेस भट्टराईले महाकुलुङ विमानस्थलको डिपिआर चाडै निर्माण हुने बताउँनुभयो । काँगेलडाँडा बिमानस्थलको स्थलगत अध्ययनपछि महाकुलुङमा निर्माण हुन लागेको विमानस्थलको निरीक्षण गर्दै मन्त्री भट्टराईले आगामी आर्थिक बर्षको बजेटमा महाकुलुङ विमानस्थललाई समाबेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले महाकुलुङ विमानस्थललाई तेञ्जिङ हिलारी बिमानस्थलको बिकल्पको रुपमा लिन सकिने बताए । पर्यटकको चाप बढ्दै जाँदा तेञ्जिङ हिलारी बिमानस्थलले थेग्न नसक्ने हुँदा महाकुलुङमा निर्माण हुँने विमानस्थल महत्वपुर्ण हुने उहाँको भनाई छ ।

विमानस्थल संचालनपछि मेरापिक, मुन्दुम ट्रेल पदमार्गमा आउने पर्यटकलाई समेत सहज हने मन्त्री भट्टराईको भनाई छ । यस्तै महाकुलुङ गाउँपालिकाले सञ्चालन गरेको फुटट्रेललाई समयसान्दर्भिक भएको भन्दै सामुदायिक एकताको प्रसंशा समेत गर्नुभयो ।

महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले महाकुलुङ बिमानस्थल त्यस क्षेत्रका नागरिकको समेत जीवनस्तरसंग जोडिएको हुँनाले द्रुतगतिमा निर्माण कार्य अगाडी बढाउन आग्रह गर्नुभयो । अध्यक्ष किराँतीले मन्त्री भट्टराईलाई महाकुलुङ ताल, कुलुङ सांस्कृतिक सग्राहलय, मेरापीक रुटमा पर्ने वातेल्मा र लुक्तुम्मा, रक क्लाईमीङ सेन्टर, केबलकारको संभाव्यता अध्ययनका लागि, महाकुलुङ पदमार्ग लगायतका ठूला विकासका आयोजनामा बजेट व्यवस्थापनका लागि माग पत्र बुझाउँनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार