सांसदलाई सुधारिएको लोगो वितरण सुरू

काठमाडौँ : संघीय संसद सचिवालयले सांसदहरुलाई सुधारिएको लोगो वितरण कार्य सुरू गरेको छ । सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा भएको लोगो हटाइएको थियो । तर नयाँ लोगोमा नक्साको स्वरूप नमिलेको पाइएपछि विरोध भएको थियो ।

विवादमा परेपछि उद्योगले निःशुल्क लोगो परिवर्तन गरिदिएको हो । दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । टेकवीर मुखियाले लोगोको डिजाइन गरेका हुन् । प्रति लोगोमा सचिवालयले ५ हजार ५ सय २७ रुपैयाँ खर्च गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार