बारामा प्रहरी र तस्करबीच झडप : गोली लागेर तीन प्रहरी र एक बालक घाइते

काठमाडौँ : बारामा प्रहरी र स्थानीय तस्करबीच झडप भएको छ । सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करी गरेर ल्याएको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झडपमा सई विरेन्द्र गिरीसहित ३ जना प्रहरी र एक जना बालक घाइते भएका छन् । प्रहरीको गोली लागेका १४ वर्षीय रञ्जन यादवको अवस्था गम्भीर छ । उनको बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

घाइते प्रहरीको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको एसपी कृष्ण पंगेनीले जानकारी दिए । गएराति प्याज तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी सीमा क्षेत्रमा गएको थियो ।

तस्करहरुले प्रहरीको गाडी र मोटरसाइकल पनि तोडफोड गरेका छन् । प्रहरीले आत्मरक्षाका लागि १२ राउण्ड फायर गरेको थियो । घटनामा संलग्नहरुको खोजी भइरहेको एसपी पंगेनीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार