नेपालमा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा बिहिबार  थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख  ६४ हजार ७१८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप २ हजार ३६४ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको छ ।

अहिले देशका विभिन्न आइसोलेसनमा ३८ हजार ९५२ जना संक्रमित उपचाररत छन् । गत २४ घण्टामा ३ हजार ३८ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । आज कोरोना भाइरस कोभिड – १९ बाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ९०४ पुगेको छ ।

बिहिबार पीसीआर विधिबाट ९ हजार ७६९ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म  १४ लाख १९ हजार ६४ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा २ हजार ६८९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार