काठमाडौँ उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८४३ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जना कोरोना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार