पाच दाजुभाइले गरे २३ कट्ठा जग्गा दान

काठमाडौं:  पाच जना दाजुभाइले करिब नौ करोड मूल्य पर्ने २३ कट्ठा जग्गा दान गरेका छन् । सिराहाको गोलबजार नगरपालिका– ९ चोहर्वामा श्रेष्ठ दाजुभाइले दिवंगत आमाबाबुको स्मृतिमा अस्पताल र असहाय वृद्ध सेवा सदनका लागि २३ कट्ठा जग्गा दान गरेका हुन ।

जग्गा दान दिनेमा दिवंगत बाबु शिवनाथ श्रेष्ठ र आमा सन्तमाया श्रेष्ठको स्मृतिमा छोराहरू केदार श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोती श्रेष्ठ, जवाहरलाल श्रेष्ठ र डा. विष्णु श्रेष्ठ रहेका छन । श्रेष्ठ दाजुभाइले १५ शय्याको सुविधासम्पन्न अस्पताल निर्माणका लागि १५ कट्ठा १० धुर र सदनका लागि सात कट्ठा १० धुर जग्गा दान गरेका हुन् ।

दान गरिएको जग्गामा अस्पताल र सदन निर्माणको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिलान्यास गर्नु भएको छ । शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अपांगता र फरक शारीरिक क्षमताका व्यक्तिहरूलाई सबलांगलाई झैँ दैनिक काममा सक्रिय बनाउने गरी काम अगाडि बढाइएको बताउँनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार