कोरोना सम्बन्धि आवश्यक औषधी उपकरणको व्यवस्था गर्न हाईड्रोलाई थुलुङ दुधकोशीको निर्देशन

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले पञ्चनमा निर्माणाधिन ८६ मेगावाटको सोलुखोला दुधकोशी हाईड्रो इलेक्ट्रिक पोजेक्टलाई कोरोना भाईरस सम्बन्धि आवश्यक औषधी, भेण्टिलेटर तथा अक्सिजन लगायतको व्यवस्था गर्न निर्देशन दिएको छ ।

शनिबार मात्रै त्यस हाईड्रोपावरमा काम गर्ने २५ जना कामदार तथा कर्मचारीमा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाले  कम्पनीलाई पत्र लेख्दै उनीहरुको तत्काल आईसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

गाउँपालिका अध्यक्ष असिम राईका अनुसार कम्पनीमा काम गर्ने कर्मचारी तथा कामदार सबैको पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन पनि सोही पत्र मार्फत निर्देशन दिएको छ । जिल्लाको अन्य स्थानीय तहमा कोभिड देखिएपनि ठोस रणनीति नबनाईरहेको अवस्थामा थुलुङदुधकोशीलाई त्याहा काम गर्ने स्थानीय कामदारलाई अनिवार्य १४ दिन क्वारेण्टिाईनमा राख्न तथा स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पालना गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष असिम राईको भनाई छ ।

नागरिकको जीवन रक्षा गर्ने दायित्व स्थानीय सरकारको भएकाले यस सम्बन्धि ठोस कदम चाल्न सबै स्थानीय तह एकजुट हुनुको बिकल्प नभएको पनि उहाँको भनाई छ । कोभिड नियन्त्रणकालागि गरिएको कामको प्रतिवेदन दैनिक रुपमा गाउँपालिकामा पेश गर्न पनि निर्देशन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार