पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं :कास्कीको पोखरामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमणबाट पोखराका तीनजना पुरुषको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका १ का ४२ वर्षीय पुरुष, पोखरा महानगरपालिका–२२ का ६८ वर्षीय वृद्ध र पोखरा महानगरपालिका–३१ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

चरक मेमोरियल अस्पताल, गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार