कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु,मृतकको संख्या ८४२ पुग्यो

काठमाडौं : नेपालमा कोरोना संक्रमणले थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टायता १३ जनाको मृत्यु भएको हो ।

यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको आठ सय ४२ पुगेको छ । यस्तै आज थप दुई हजार दुई सय २५ संक्रमित थपिएका छन् । १३ हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय ४६ पुरुष र सात सय ७९ महिलामा संक्रमण देखिएको हो ।

यीमध्ये काठमाडौँका एक हजार एक सय १० जना छन् । आजै दुई हजार आठ सय ४६ जना निको भएका छन् । यस्तै देशभर ४६ हजार ५७ जना आइसोलेसनमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार