कुटपिट गरी बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

दाङ : बाबुको हत्या गरेको आरोपमा छोरालाई प्रहरी प्रक्राउ गरेको छ । बंगलाचुली गाउँपालिका -२ पाखापानी बस्ने ४५ वर्षीय बालाराम बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा २२ वर्षीय वीर बहादुर बिकलाई शुक्रबार राति प्रहरीले हो ।

घरायसी विवादका कारण वीर बहादुरले कुटपिट गरी आफ्नै घरको माथिल्लो तलाबाट खसाल्दा बालारामको घटनास्थलमै मुत्यु भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । स सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार