पूर्वप्रधानमन्त्री डा. भट्टराई र पूर्वमन्त्री हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. भट्टराईले सामाजिक सन्जाल ट्वीटर र फेसबुकमा स्ट्याटस लेखेर कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । कात्तिक सात गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको उहाँले बताउनुभएको छ ।

संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा बस्नुभएको छ । संघीय परिषद अध्यक्ष भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार