रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं: रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वडा नं. ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो ।

असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै, असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ ।

हाल देशभर ४१ हजार सात सय ७५ सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत छन् । दुईसय ७३ आईसीयूमा रहेका छन् भने ७८ जना भेण्टिलेटरमा उपचाररत छन् ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार