दावा केको म्यूजिक भिडियोले पाए दर्शकको माया, चाँडै करोड भिउज पुग्ने

काठमाण्डौँ ; शेर्पा समुदायको गायक मध्ये संगीत क्षेत्रमा राम्रो चर्चा कमाउदै आएको दावा के को म्यूजिक भिडियोले राम्रो स्थान पाएको छ । दावा के शेर्पा र गायिका मेलिना राईको आवाजमा रहेको गीत ‘माछी जालैमा’ दर्शकको राम्रो माया पाएकै कारण चाँडै करोड भन्दा बढी भिउज हुने अनुमान गरिएको छ ।
“म त ब्रिटिसको लाउरे परिना” गीतबाट आफ्नो संगीत यात्रा अघाडी बढाएको शेर्पाको माछी जालैमा गीतले समुदायमा नयाँ इतिहास रचेको छ । हाल ७० लाख प्लस भिउज पाउन सफल यो गीत साह्रै नै मिठो बनेको छ् भने विशेष गरी युवा सर्कलको लागि यो गीत निर्माण भएको बुझ्न सकिन्छ । ‘द नेक्स्ट टिम’ यूट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले राम्रो स्थान र भिउज पाएपछि संगीत यात्रालाई अझ अगाडि बढ्न राम्रो हौसला मिलेको गायक दावा के शेर्पाले बताएको छ।

गायक शेर्पाकै शब्द संगीत र संगीत संयोजन पुस्कर सुनुवारको मिक्सिङ तथा मास्टरिङ रहेको यो गीत दर्शक ले साह्रै मन पराएको गीतहरु मध्येको एक हो। विशेष गरी युवाहरुको मन मुखमा रहेको माछी जालैमा गीतको भिडियो मा प्रदिप लामा र अलिशा शर्मा ले अभिनय गरेका छन भने छायाँकन र सम्पादन पवन सुस्लिङग को रहेको छ। भिडियो निर्देशक र कोरिग्राफएर भने प्रदिप लामा कै रहेको छ । गायक दवा के सेर्पा को यो गीत अहिले सम्म कै सफल गीत को रुप मा मानिन्छ । शेर्पाकै शब्द संगीत रहेको सरररर गीत सोमबार सार्वजानिक भएको थियो भने शेर्पाको नयाँ गीत ल्याउने तयारीमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार