जनताको ख्याल नगर्ने सरकार किन चाहियो ? : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना महामारीमा जनताको ख्याल नगर्ने प्रधानमन्त्री केपी शर्मा ओली सरकार हटाउनु पर्ने बेला आएको बताउनु भएको छ ।

भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा ‘रिमुभ केपी ओली’ अर्थात् केपी ओलीलाई हटाउँ भनी आह्वान गर्नुभएको छ । उहाँले जनतालाई कोरोना उपचार खर्च आफैं व्यहोर, वेहोस भए मात्रै अस्पताल जाऊ, वेरोजगार श्रमिक रूँदै गाऊँ फर्क, भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क भन्ने सरकार किन चाहियो भनी प्रश्न गर्नु भएको छ ।

त्यसैगरी उहाँले सरकारलाई महिनौंदेखि स्कूल–कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर र आसेपासेहरूलाई भने कमिसन र भत्ता डकार भन्ने गरेको आरोप समेत लगाउनु भयो । उहाँले भन्नु भएकाने छ ,यस्तो सरकार किन चाहियो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार