खुम्बुको नेकपाले पूर्णता पायो, कात्तिक दोस्रो सातामा वडा तहको सक्ने कार्यतालिका सार्वजानिक

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको कमिटीले पूर्णता पाएको छ । जिल्लाको अन्य स्थानीय तहका कमिटीहरुले करिब डेढ वर्षअघि नै पूर्णता पाएको भए पनि लामो समयसम्म यस गाउँपालिकामा एकता भेला र सपथ ग्रहण कार्यक्रम हुन सकेको थिएन । हिमपात, गाउँपालिकाका जननिर्वाचित अध्यक्ष ङिमदोर्जी शेर्पाको निधन, पार्टीको आन्तरिक तयारी नपुगेको, कोरोना महामारीलगायतका कारणले सपथ ग्रहणमा ढिलाई हुन गएको हो ।

असोज २९ गते विहिवार लुक्लामा आयोजित कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष तथा १ नं. प्रदेश कमिटी सदस्य मानबीर राईले ल्हाक्पा गेल्जेन शेर्पाको अयक्ष्तामा गठित ५७ सदस्यीय कमिटीलाई सपथ ग्रहण गराउँनुभएको थियो । कार्यक्रममा बोल्दै खुम्बु पासाङल्हामु गाउँपालिकामा नेकपाले सरकारले तिब्र गतिमा जनअपेक्षा अनुसार बिकासका कामहरु गरिरहेको बताउँनुभयो ।

‘अन्य स्थानीय तहहरुमा पार्टी कमिटी गठन गरिसकेपछि सरकार र पार्टीबीच देखिएको अन्तरविरोध धेरै मात्रामा हल भएर गएका छन्’, राईले भन्नुभयो– ‘आज उप्रान्त यहाँ पनि सरकार र पार्टीबीच पर्याप्त छलफल हुने छ र अन्तरविरोध सिर्जना हुने छैन ।

२०१५ सालमा तीन सिट कम्युनिष्टले जितेको बाहेक नेपाली कांग्रेसले सबै सिट जितेको भएपनि काग्रेसले देशलाई खोक्रो बनाएको दावी गर्दै अध्यक्ष राईले कम्युनिष्ट पार्टीहरु एकीकृत भएर सम्बृद्ध नेपाल निर्माणको अभियानमा जुटेको बताउँनुयो ।

सोही कार्यक्रमलाइ संबोधन गर्दै जिल्ला कमिटीका सचिव तथा १ नंं प्रदेश कमिटी सदस्य गोम्बु शेर्पा (कज्र्याङ)ले सांगठनिक प्रक्रियाका बारेमा प्रष्ट पार्दै संगठनलाई थप बजबुत बनाएर अघि बढ्न निर्देशन दिनुभयो ।

यस्तै नेकपा प्रदेश १ संसदिय दलका प्रमुख सचेतक एवम् प्रदेशसभा सांसद बुद्धिकुमार राजभण्डारीले सांगठनिक पद्धतिलाई आत्मसात गर्न सके कसैले कसैसँग असन्तुष्ट हुनु नपर्ने बताउँनुभयो । विकास निर्माणका सन्दर्भमा कसैले गफ गर्नुनपर्ने भन्दै स्थानीय नागरिक आफैले महशुस गरिरहेको बताउँनुभयो । यता १ नं. प्रदेश कमिटी सदस्य आङङिमा लामाले भने कार्ल माक्र्सले भनेको समाजवादमा कम्युनिष्ट पार्टी अघि बढ्न नसकेको टिप्पनी गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा सोलुखुम्बु जिल्ला सचिवालय सदस्य आसकुमार राई (शिशिर खालिङ), नाम्गेल शेर्पा लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी तीन दर्जन बढि कार्यकर्ताहरुले नेकपा पार्टी प्रवेश गरेका थिए । चाडै वडा तहलाई समेत पुर्णता दिने तयारी गरिएको गाउँपालिका कमिटी सचिव टंक कालिकोटले जानकारी दिनुभयो । उहाँकाअनुसार कातिक ७ गते खुम्जुङमा वडा नं. ४, कार्तिक ८ गते वडा नं. ५ को नाम्चेमा, १३ गते वडा नं. ३ को राङदिङमा, १४ गते वडा नं. २ को लुक्लामा र १९ गते वडा नं. १ को बुक्सामा सपथ ग्रहण कार्यक्रम गर्ने कार्यतालिका छ ।

खुम्बु पासाङल्हामू गाउँकमिटीको विवरण

१. ल्हाक्पा गेल्जेन शेर्पा अध्यक्ष २
२. टंक कालिकोटे सचिव ३
३. ङिमा तेण्डी शेर्पा सदस्य १
४. पेम्बा छिरी शेर्पा (बुक्सा) सदस्य १
५. मिङमा छिरी शेर्पा सदस्य १
६. कमला तामाङ (मगर) सदस्य १
७. हस्त बहादुर लिम्बु सदस्य १
८. बुद्धि राना मगर सदस्य १
९. गंगा राम राई सदस्य १
१०. ङिमा दोर्जी शेर्पा सदस्य १
११. ल्हाक्पा गेलु शेर्पा सदस्य १
१२. ल्हाक्पा गेल्जेन शेर्पा सदस्य १
१३. फुरतेन्जि शेर्पा (लामा) सदस्य १
१४. ल्हाक्पा रिन्जी शेर्पा सदस्य १
१५. हेम कुमार राई सदस्य १
१६. फुरिन्जी शेर्पा सदस्य १
१७. पासाङ काजी शेर्पा सदस्य १
१८. किरण राई सदस्य २
१९. भुवन तामाङ सदस्य २
२०. अमृत मगर सदस्य २
२१. ल्हाक्पा गेलु शेर्पा सदस्य २
२२. धन कुमार तामाङ सदस्य २
२३. तिलक श्रेष्ठ सदस्य २
२४. लाक्पा तामाङ सदस्य २
२५. पेम्बा नुरु शेर्पा सदस्य २
२६. दावा जाङबु शेर्पा सदस्य २
२७. पासाङ दावा शेर्पा सदस्य २
२८. पूmल माया तामाङ सदस्य २
२९. आङ फुर्वा शेर्पा सदस्य २
३०. राम कुमार तामाङ सदस्य २
३१. राजु पुरी सदस्य २
३२. सन्तोष तामाङ सदस्य २
३३. अर्जुन नेपाली सदस्य २
३४. आङ छुटिन तामाङ सदस्य २
३५. देवराज तामाङ सदस्य २
३६. लाक्पा छिरी शेर्पा सदस्य ३
३७. नुरु जाङबु शेर्पा सदस्य ३
३८. उमा वि.क. सदस्य ३
३९. दालमु शेर्पा सदस्य ३
४०. फुर्तेम्बा शेर्पा सदस्य ३
४१. दागेल्जी शेर्पा सदस्य ३
४२. दावा गेल्जेन शेर्पा सदस्य ३
४३. ङवाङ थोमे शेर्पा सदस्य ३
४४. ङवाङ ल्हाक्पा शेर्पा सदस्य ३
४५. ईश्वरी थापा मगर सदस्य ३
४६. फुनुरु शेर्पा सदस्य ३
४७. पेम्बा लामा तामाङ सदस्य ३
४८. मिलन थापा मगर सदस्य ३
४९. दुर्जा बहादुर राई सदस्य ३
५०. कामी नुरु शेर्पा सदस्य ३
५१. ङतेम्बा शेर्पा सदस्य ३
५२. पेमा छोसाङ शेर्पा सदस्य ४
५३. छिमी छिरीङ शेर्पा सदस्य ४
५४. पासाङ नुरु शेर्पा सदस्य ४
५५. तेन्जीङ जाङबु शेर्पा सदस्य ४
५६. फुरा छेतेन शेर्पा सदस्य ४
५७. फुरा याङजी शेर्पा सदस्य ४
५८. लक्ष्मण अधिकारी सदस्य ४
५९. पासाङ दावा शेर्पा सदस्य ४
६०. पासाङ छिरी शेर्पा सदस्य ४
६१. फुटशी शेर्पा सदस्य ४
६२. पाल्देन नाम्ग्य शेर्पा सदस्य ४
६३. सोनाम छिरीङ शेर्पा सदस्य ४
६४. ल्हाक्पा नुरु शेर्पा सदस्य ४
६५. छिरिङ पेन्जो शेर्पा सदस्य ५
६६. मिङमा शेर्पा सदस्य ५
६७. मिङमा नुरु शेर्पा सदस्य ५
६८. लामा काजी शेर्पा सदस्य ५
६९. आङ माया शेर्पा सदस्य ५
७०. गेलु शेर्पा सदस्य ५
७१. छोङबा शेर्पा सदस्य ५
७२. पासाङ शेर्पा (ठमो) सदस्य ५
७३. पासाङ ग्याल्जेन शेर्पा सदस्य ५
७४. फुरा छिरीङ शेर्पा सदस्य ५
७५. जाङबु शेर्पा सदस्य ५

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार