दशैंकाे समयमा मन्दिर खुल्ला नगर्न गृह मन्त्रालयकाे आग्रह

काठमाडौं  : गृह मन्त्रालयले दशैंको बेला मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भिडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले श्रद्धालु भक्तजनहरुका लागि रोक लगाइएको बताउनुभयो ।

सो बारे निरीक्षण र कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहले निर्देशन दिएको छ । तर नित्य पूजाआजा भने नियमित रुपमा सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने उहाँले बताउनुभयो ।

महान चाड बडादशैंको बेला विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा गरिन्छ भने धेरै संख्यामा श्रद्धालु भक्तजनहरु पुग्ने गर्छन् । त्यसैले मन्दिरहरुमा हुनसक्ने भिडभाडलाई ध्यान दिदै सरकारले नियमित पूजाआजा बाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार