मन्त्रिपरिषद पुनर्गठन : ईश्वर पोखरेलको मन्त्रालय खोसियो (सूचीसहित)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । बुधबार पुनगर्ठित मन्त्रिपरिषद्मा ईश्वर पोखरेललाई हटाएर रक्षा मन्त्रालयको जिम्मेवारी ओलीले आफैंसँग राख्नु भएको छ ।

उहाँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिनु भएको छ ।

त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोकिएका छन ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार सपथग्रहण हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार