कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरी आईसीयुमा

काठमाडौं : कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । संक्रमित भएर अस्पताल भर्ना भएको चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ ।

चौधरीको उपचार बीर अस्पतालमा भइरहेको छ । चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् ।

उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् । क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार