बाँकेमा कोरोना संक्रमित ३८ वर्षीय पुरूषको मृत्यु

काठमाडौँ  :  बाँकेको भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे मृत्यु भएको भेरी अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यही असोज १३ गते कोहलपुर मेडिकल कलेजमा भर्ना भएका संक्रमित ती पुरूषलाई भेन्टिलेटरको आवश्यकता परेपछि शुक्रबार राति १० भेरी अस्पतालमा रिफर गरिएको थियो । भेरी अस्पताल पुर्‍याइएको १ घण्टाभित्रै उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार