सोलुखुम्बु : सदरमुकाम सल्लेरी आसपासका क्षेत्रहरुमा राँगा चोरी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सल्लेरी, फाप्लु र खोलाघारीबाट विभिन्न समयमा राँगा चोरी गरेको आरोपमा ३ जनालाई पक्राउ जरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका ४ रोक्दिङ बस्ने बर्ष २८ को राम बहादुर श्रेष्ठ र सोलुदुधकुण्ड नगरपालिका ११ तिङला घर भई हाल वडा नम्बर ५ सेर्गामा बस्दै आएका पुर्ण बहादुर भुजेल रहेका छन् ।
प्रहरी निरिक्षक महेन्द्र दर्नालका अनुसार आरोपित राम बहादुर श्रेष्ठले असोज १४ गते राँती ८ बजे खोलाघारीका कामी तामाङको गोठबाट ४३ हजार रुपैँया पर्ने र फाप्लुकी कल्पना लामाको गोठबाट ७० हजार रुपँैया पर्ने राँगा चोरी गरेर बेचेका थिए ।
साथै चोरी गरेको राँगा खरिद गरेर मासु बिक्री गर्ने ओखलढुंगा सुनकोशी गाउँपालिका १ घर भई सल्लेरीमा मासु पसल गर्दै आएका ४२ बर्षिय कुमार बहादुर मगरलाई पनि पक्राउ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
त्यसैगरी असोज २१ गते साँझ ७ बजे वडा नम्बर ६ दोर्पुकी दावा साङमु तामाङको ६० हजार रुपैया पर्ने राँगा पनि उनीहरुलेनै चोरी गरेको आरोप छ । उक्त राँगा सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केमा फेला परेको प्रहरीको भनाई छ ।
असोज १९ गते वडा नम्बर ४ यारमादिङका मंगल विश्वकर्माको ३५ हजार रुपैया पर्ने राँगा पुर्ण बहादुर भुजेलले चरणबाटै चोरी गरि मासु प्रयोग गरेको प्रहरी निरिक्षक दर्नालले बताउँनुभयो । राँगा खोजी गर्दै जाने क्रममा भुजेललले घरको भुईतलामा काटेर टाउँको तथा आन्द्रा लुकाएको अवस्थामा फेला पारेपछि स्थानियले पक्राउ गरि प्रहरीलाई बुझाएका थिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अरोपित तीनै जना अहिले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको हिरासतका रहेका छन् ।