काठमाडौँ : विश्वव्यापी रूपमा दृष्टिप्रतिको आश भन्ने मूल नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदै छ । नेपालमा पनि दृष्टि दिवस मनाइँदै छ ।
दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताउनुभएको छ । मन्त्री ढकालले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गर्नुभएको छ ।
उहाँले अहिले कोभिड १९ को संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु-याउन सबैमा आह्वान समेत गर्नुभएको छ ।