काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
काठमाडौंमा तीन महिलासहित ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७६ वर्षिया, ८१ वर्षिया र ८३ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै काठमाडौंमै २६ वर्षिय, ६५ वर्षिय, ६७ वर्षिय, ७८ वर्षिय, ८१ वर्षिय, ९१ वर्षिय पुरुषको मृत्यु भएको छ ।
पर्सामा ६५ र गोरखामा ४५ वर्षिया महिलाको मृत्यु भएको छ । भने, यस्तै ललितपुरमा ३ वर्षिय बालक, ५५ वर्षिय पुरुष र ७१ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी सर्लाहीमा ४२ वर्षिय र ६९ वर्षिय पुरुष, सुनसरीमा ५५ वर्षिय पुरुष चितवनमा ६२ वर्षिय पुरुष नवलपरासीपूर्वमा ३६ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।