बन्द भएको श्रम स्वीकृति सेवा आजदेखि पुनः सुचारु

 

काठमाडौं : कर्मचारीमा कोरोना देखिएपछि बुधबारदेखि बन्द भएको श्रम स्वीकृती आजदेखि सुचारु हुने भएको छ ।
वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिइने श्रम स्वीकृति ४ दिनपछि पुनः सूचारु हुन लागेको हो ।

फ्रन्ट डेस्कमै खटिएका एकजना कर्मचारीमा कोरोना देखिएपछि गत बुधबारदेखि कार्यालयले सेवा प्रवाह रोकेको थियो । आजदेखि सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सूचारू गरिने कार्यालयले जनाएको छ ।

सेवाग्राहीले कार्यालयमा लगाइएको गोलो चिन्हमा रहेर मात्रै सेवा लिन पाउनेछन् । त्यस्तै प्रवेश गर्नुअघि कार्यालयको गेटमै साबुनपानीले हात धुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार