नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं : सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

बैठकमा मन्त्रिपरिषद पुनर्गठन, राजनीतिक नियुक्तिलगायतका विषयमा छलफल हुने छ । गत बिहीबार सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपाभित्र विवाद भएको छ ।

स्थायी समिति बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा विवाद बल्झिएको हो ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको सचिवालयका चार जनालाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगितको सम्भावना रहेको एक नेताले जानकारी दिए । तर, अहिलेसम्म बैठक स्थगितको सूचना आएको छैन । कार्यकारी अध्यक्ष प्रचण्डले बैठक संचालन गर्न सम्भावना पनि रहेको ती नेताको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार