काठमान्डौँ, प्रथम एकल शेर्पा नृत्य प्रतियोगिताको नतिजा निर्णयक समिती र मुल आयोजक समितिको निर्णय अनुसार सोमबार सार्बजनिक हुने भएको छ।गत भदौ महिनाबाट सुरु भएको पहिलो चरणको शेर्पा नृत्य प्रतियोगितामा २२७ जना शेर्पाहरुले सहभागी जनाएका थिए । प्रथम चरणको छनोट गर्न गायक तथा संगितकार एवम् हिमाल शेर्पा आर्ट सेन्टरका प्रबन्धक श्री देन्डी शेर्पाको नेतृत्वमा तीन निर्णयक समितिको गठन गरि निर्णयक मण्डलको मुल्यांकनबाट टपटेन छनौट गर्ने भएको हो ।टपटेनमा छनोट भएका प्रतियोगीहरुले फेरि पुनः नयाँ नृत्य प्रस्तुत गर्नुपर्ने संयोजक आङ फुटी शेर्पाले जानकारी दिनु भएको छ।
प्रथम चरणको नतिजा आउन साथ पुनः दोस्रो चरणको प्रतिस्पर्धा गराउने तयारी अघि बढाउने शेर्पा इभेन्ट अर्गनाइजरका उपाध्यक्ष मिङमार तेन्जिङ शेर्पाले जानकारी दिनुभयो
शेर्पाका अनुसार प्रतिस्पर्धीहरुबीच टप टेन छनौट गर्न गायक तथा सङ्गीतकार डेन्डी शेर्पाको नेतृत्वमा पासङ दिकु शेर्पा श्यब्रु प्रशिक्षक छिरिङ डोमा शेर्पा नृत्यकार तथा नायिका फुर्ब ग्याजेन शेर्पा स्यब्रु प्रशिक्षक गरि जम्मा ३ सदस्यीय निर्णायक समिति गठन गरिएको छ्
प्रतियोगितालाई तीन तहमा विभाजन गरिएका छौ । बालबालिक, शेर्पा नृत्य,मौलिकता श्याब्रु गरि छुट्टाछुट्टै प्रतिस्पर्धा गराइनेछ ।
यस् ऎतिहासिक प्रतियोगितालाई भब्य रुपमा सफल बनाउन दोस्रो चरणको प्रतियोगिता तय गरिएका हो ।शेर्पा नृत्यतर्फ टप टेन, बालबालिकातर्फ टप टेन र श्याब्रु नृत्यतर्फ टप टेन छनौट गरि पुनः २२७ जना मध्ये तीनटै समुहको टपटेनबीच पुन प्रतिस्पर्धा गराइनेछ भने दोस्रो चरणको प्रतियोगितामा पुन नयाॅ शेर्पा नृत्य भिडियो प्रस्तुत गर्नु पर्नेछ। टप टेनबाट पुनः प्रतिस्पर्धा गराइ टप फाइभ ५ छनौट गर्ने र सोहीबा अन्तिम प्रतिस्पर्धा गराइनेछ ।
अन्तिम विजयका लागि बालबालिका तर्फबाट तीन जना शेर्पा नृत्यतर्फ तीन जना र मौलिकता श्याब्रु नृत्यतर्फ जना गरि जम्मा ९ जनालाई प्रथम दोश्रो र तेस्रो विजयी घोषणा गरी शेर्पा नृत्य अवार्ड २०२० प्रदान गरिने छ । बिजेताले पुरस्कार स्वरुप रु १ लाख पाउने पनि सह-संयोजक शेर्पाले जानकारी दिनुभयो।
गायक तथा सङ्गीतकार देन्डी शेर्पाको अध्यक्षतामा ३ सदस्यीय गठन
