बिकासमा राजनीति नगर्न प्रमुख सचेतक राजभण्डारीको चेतावनी

सोलुखुम्बु : नेकपा संसदिय दल प्रदेश १ का प्रमुख सचेतक एवम् सांसद बुद्धिकुमार राजभण्डारीले जिल्लाको बिकासमा राजनीति नगर्न चेतावनी दिनुभयो । नेकपा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० मा आयोजीत अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै सांसद राजभण्डारीले बिकासमा आफुहरुको ध्यान केन्द्रित भएपनि धमीलो पानीमा माछा मार्न पल्केकाहरुले भ्रम सृजना गरिरहेको आरोप लगाउँनुभयो ।

विद्युतको केन्द्रिय प्रशारण लाईन जोड्ने सवालमा जिल्लाको तीनै जना संसादको पहलले बजेट व्यवस्था भएको कार्यलाई समेत जस लिने उदेश्यले नागरिक माझ भ्रम सृजना गर्ने काम नगर्न चेतावनी समेत दिनुभयो ।

यस्तै एक घर एक धार कार्यक्रमलाई सफल बनाउने गरि बजेटको व्यवस्था गर्ने सवालमा पनि नेकपा सरकार क्रियाशिल रहेको उहाँले जिकिर गर्नुभयो । नागरिकको प्रत्यक्ष जनजीविका संग जोडिएको स्वास्थ्य तथा शिक्षा लगायतलाई गाउँगाउँ सम्म पु¥याउने लक्ष्यका साथ काम गर्ने सरकारलाई सहयोग गर्नु सचेत नागरिकको दायित्व भएको उहाँको भनाई छ । भए गरेका राम्रा कामको प्रशंसा तथा कम्जोरीलाई खबरदारी नगरे सम्म दिगो बिकासको लक्ष्यमा नपुग्ने उहाँको भनाई छ ।

नेकपा वडा कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष मानबीर राई, नेकपा प्रदेश १ संसदिय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, नेकपा प्रदेश कमिटीका सदस्य आङ निमा लामा, जिल्ला समन्वय प्रमुख बीर कुमार राई, नेकपाका नेता निमातेण्डुप शेर्पा लगायतको उपस्थिति रहेको अनेरास्ववीयूका नेता भुपेन्द्र कटेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार