रोग र भोकबाट जनताको रक्षा गर्नु सबै राष्ट्रहरूको प्रमुख दायित्व :प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले कोरोना संकटको समयमा रोग र भोकबाट जनताको रक्षा गर्नु सबै राष्ट्रहरूको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७५ औं महासभालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले कोरोनाले जीवन, जीवनयापन, समाज र अर्थतन्त्रमा ठूलो असर परेको बताउनुभयो । कोरोना विरुद्धको खोप विकास भएपछि विश्वभर यसको सहज पहुँचको सुनिश्चितता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

गरिबी, द्वन्द्व, आतंकवाद, व्यापारिक तनाव, असमानता र विपतलगायत कारण कतिपय मुलुकले शान्ति र दिगो विकासको लक्ष्य हासिल गर्न नसकेको उल्लेख गर्दै ओलीले कोरोना महामारीले थप गम्भिर बनाएको बताउनुभयो ।

कम विकसित, अतिकम विकसित र साना विकासोन्मुख मुलुकहरूमा कोरोनाका कारण पर्यटन, रेमिटेन्स र वितरण प्रणाली प्रभावित हुँदा थप चुनौती देखा परेको प्रधानमन्त्री ओलीको भनाई छ । विकासको क्षेत्रमा हालसम्म हासिल भएका उपलब्धी समेत खतरामा परेको भन्दै उहाँले दिगो विकास लक्ष्य हासिल गर्ने आकांक्षा, कार्ययोजना र पुनरुत्थान प्रयासलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार