सोलुखुम्बु : माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीमा रहेको आफ्नै घरको छतमा रड लैजाने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
सोलुखुम्बुका नेपाल प्रहरी प्रमुख डिएसपी टेकुनन्द ईवा लिम्बुकका अनुसार विहान ८ : ३० बजे करेन्ट लागेर घाइते हुनुभएका ३९ बर्षिय तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा विहान ९ बजे मृत्यु भएको हो । जिल्ला अस्पताल फाप्लुमा शवको पोष्टमाटम गरि अहिले घरैमा राखिएको छ ।