सोलुखुम्बु : नेपाली कांग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिले काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत आर्थिक अबस्था कमजोर भएका बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कांग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिका कोषाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभएअनुसार चार जना बिरामीलाई रु.३८ हजार १ सय रुपैयाँ सहयोग गरेको छ ।
सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका ८ की २१ बर्षिया पुष्पा राई र सोही गाउँका ६१ बर्षिय बलबहादुर राईलाई जनही रु. १० हजार ३ सय गरि २० हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेको गरिएको छ ।
त्यस्तै काठमाडौंको हेल्पिङ ह्यान्डस अस्पतालमा उपचाररत सोलुखुम्बुको सोताङ गाउँपालिकाका पर्व राईलाई रु.७ हजार रुपैयाँ र वीर अस्पतालमा उपचाररत नेचासल्यान गाउँपालिका २ की सरिता निरौला (बस्नेत)लाई रु.७ हजार रुपैयाँ प्रदान गरेको सम्पर्क समितिका कोषाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।