सोलुखुम्बु : सोलु खोलामा ९.५ मेगावाटको मध्य सोलु हाईड्रो पावर निर्माणको काम दशै अगाडीनै सुरु हुने भएको छ । शनिबार उक्त आयोजनाको बारेमा निर्माण कम्पनीले प्रभावित क्षेत्रका स्थानियसँग छलफल समेत सम्पन्न गरेको लगानि कर्ता रमेशराज गौतमले जानकारी दिनुभयो ।
वातावारण प्रभाव मुल्याङ्कन स्वीकृत भएकाले दशै अगाडीनै निर्माण कार्य सुरु हुने आयोजनाले जनाएको छ । आयोजनाबाट गरपालिकाका वडा नम्बर ३, ४, ५ र ६ प्रभावित हुनेभएकाले सामाजिक उत्तरदायित्वको रकम सोही क्षेत्रमा खर्च गरिने जानकारी गराईएको छ ।
छलफलमा सहभागिले स्थानीयलाई पहिलो प्रथामीकतामा राखेर आयोजनाको काम अगाडी बढाउन आग्रह गरेका छन् । स्थानीय नागरिकलाई खबरै नगरिकन सार्वजानिक सुनुवाई गरिएको भन्दै सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रामकुमार श्रेष्ठले आपत्ती जनाउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले काम सुरु हुनुभन्दा अगाडी आयोजनाको बारेमा पुनः सार्वजानिक सुनुवाई गर्न माग गर्नुभयो ।
आयोजनाको काम गत फागुनमा सुरु हुनुपर्ने भएपनि कोरोनाका कारण एक बर्ष लम्बिने भएको छ । प्रति मेगावाट रु.१५ करोड लागत अनुमान गरिएको उक्त आयोजना सन् २०२३ को अगष्ट ३० मा सक्ने गरि सम्झौता गरिएको छ । राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक लिमिटेड लगायत बैंकको ऋणसहायता रहने कम्पनीको लगानी कर्ता सबै नेपालीनै रहेका छन् ।
नुम्बुर हिमालको काखबाट बग्ने सोलुखोलामा अहिले १९.२ मेगावाटको बेनी हाईड्रो पावर, ८२ मेगावाटको तल्लो सोलुखोला, २३.५ मेगावाटको माथिल्लो सोलु खोला र ८६ मेगावाटको सोलुदुधकोशी आयोजना निर्माण भईरहेको छ । उक्त आयोजना मध्ये २३.५ मेगावाटको माथिल्लो सोलु खोलाको काम सकिएको छ भने अन्य आयोजनाले ५० प्रतिशत भन्दा बढी काम सम्पन्न गरेका छन् ।