करेन्ट लागेर युवकको मृत्यु

काठमाडौँ  :  करेन्ट लागेर पाल्पाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका-८ घर भई भरतपुर महानगरपालिका-३ ब्लक उद्योगमा काम गर्ने २७ वर्षीय प्रेम राना रहेका छन् ।

त्रिशक्ति कङ्क्रिट एन्ड ब्लक कम्पनीमा काम गर्ने उनको त्यहीँभित्र तारमा कपडा सुकाउने क्रममा शनिबार करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार करेन्ट लागेर गम्भीर भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार