काठमाण्डौ : सोलुदुधुकण्ड नगरपालिका ११ तिङ्लाका एक युवक ७ दिन देखि बेपत्ता भएका छन् । भदौ २४ गते राती देखि ३० बर्षिय महेश बस्नेत सम्पर्क बिहिन भएको उहाँका बुबा भलबहादुर बस्नेतले जानकारी दिनुभयो ।
भदौ १७ गते घरबाट सोलु दुधकुण्ड नगरपालिका ७ गार्मामा काठ बोक्नु हिडेपछि फर्केर नआएको परिवारको दावी छ । यता प्रत्यक्ष दर्शीका अनुसार भदौ २४ गते राती सोलु खोलामा माछा मारेर ल्याएका महेशले साल्मेका दिनेश भुजेलको घरमा भुटेर खाएको र राती उठेर हिडेपछि फर्केर नआएको बताइएका छन् । संगै सुतेको साथी बिहान उठेर हेर्दा साथमा नभएको दिनेश भुजेलको भनाइ छ । प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।