काठमाडौं: सरकारले लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय सीमा नाका भने असोजभर नै बन्द राख्ने निर्णय बैठकले गरेको छ । यस्तै बैठकले राष्ट्रिय सभा सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई मनोनित गर्ने गर्नुहुनेछ । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये एक सिट ६ महिनादेखि रिक्त छ ।