काठमान्डौ : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ पेकारनास निवासी सनार सिं कार्कीले दिवाङ्गत बुबाको तिथीमा गरिने श्राद्धको दिन बेरोजगार भइ समस्यामा परेका नागरिकलाई खाना खुवाउनुभएको छ । काठमान्डौको रत्नपार्कमा दैनिक ३ सय जनालाई खान खुवाउँदै आएको पि.ए. नेपाल संस्थाको सहकार्यमा एक छाक खानाको व्यवस्था आफुले गरेको कार्कीले जानकारी दिनुभयो ।
विगत बर्षहरुमा पशुपतिनाथमा गएर श्राद्ध गर्ने भएपनि यो बर्ष कोरोना महामारीका कारण समस्यामा परेका नागरिकलाई सहयोग गरेर पितृको सम्झना गरेको उहाँको भनाइ छ । तर्पन दिने तथा श्राद्धमा गरिने कर्म जत्तिकै समस्यामा परेका नागरिकलाई सहयोग गर्नु पनि महत्वपुर्ण हुने उहाँको भनाइ छ ।