काठमाडौं: विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस भर्चुअलरूपमा मनाइँदै छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग छलफल गर्दैछ । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिठमाडौं विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस भर्चुअलरूपमा मनाइँदै छ ।
दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग छलफल गर्दैछ । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा हरेक वर्ष भदौ २९ मा दिवस मनाउन थालिएको हो ।
उक्त महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ । नेपालमा प्राथमिक कारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा हरेक वर्ष भदौ २९ मा दिवस मनाउन थालिएको हो । उक्त महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ । नेपालमा प्राथमिक तहमा बालबालिकाको भर्नादर ९७ प्रतिशत पुगेको छ तर टिकाउदर बढाउने चुनौती कायमै रहेको अधिकारीहरू बताउँछन् ।
बाल दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकाको भविष्य सुनिश्चित गर्न आग्रह गर्नुभएको छ । महामारीका समयमा वैकल्पिक माध्यमबाट पठनपाठन भइरहेकोमा प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रको भविष्यका जिम्मेवार नागरिक आजका बालबालिकाको संरक्षण र विकासमा दत्तचित्त भई लाग्न आह्वान गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री केपी ओलीले बालबालिकाको हकहित संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकार संरक्षणको कामलाई नीतिगत, कानूनी र संरचनागत हिसाबले नै उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।