चिन्ताबाट फर्कदा नेचाका एक पुरुषलाई खहरे खोलाले बगायो

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : चिन्ताबाट फर्कदै गरेका नेचासल्यान ४ का एक पुरुषलाई खहरे खोलाले बगाएको छ । आइतबार दिउँसो करिब १२ बजे नेचासल्यान गाउँपालिका वडा नम्बर ५ स्थित खहरे खोलाले ५५ बर्षिय भुईमान राईलाई बगाएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

स्थानिय माईतीराज राईसँग शनिबार साँझा सोही गाउँपालिकाको जडा नम्बर १ ख्याम्पुमा चिन्ता गर्ने धामीको साथी गएका थिए । चिन्ता सकेर आईतबार दिउँसो घर फर्कने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षम महेन्द्र दर्नालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले बेपत्ता पुरुषको खोजी कार्य जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार