कोरोना भाइरसबाट विदेशमा थप ४३ नेपालीको मृत्यु

काठमाडौँ : विदेशमा यो सातामा ४३  नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २४३ पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।

कोरोना सङ्क्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै विश्वभर ९० हजार ७६७ जनामा नेपालीमा सङ्क्रमण देखिएको छ । तीमध्ये ७१ हजार ७१७ जना कोरोनामुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार